About Us

रौतहट उधोग वाणिज्य संघ गौर रौतहटको विधिवत् २०५३ साल देखि कार्यालय संचालन गरि उधमी तथा व्यापारीको सेवा गदै आई रहेको छ । स्थापना देखिनै रौतहट उधोग वाणिज्य संघ व्यापारी तथा उधमीको छाता संगठन भई काम गर्दै आई रहेको छ । यस यस जिल्लाको व्यापारीको व्यापारमा हुने विभिन्न समस्याको समाधानमा आफु तथा सरकारको समन्वय गरी गदै आई रहेको छ । यस जिल्लाको पुर्वि भागमा बागमती नदि तथा पश्चिमी भागमा लाल बकैया नदि रहेकोले उधोग संचालनमा निकै  चुनौती रहे तापनी बेला बेलामा विभिन्न समन्वयात्मक कार्यक्रम गरी उधोग तथा व्यापार स्थापनामा सहयोग गर्ने कार्य गरिरहेको देखिन्छ । जस्तै नेपाल भारत व्यापार विस्तार कार्यक्रम एवं विचार गोष्ठी २०७० चैत्र ११ गते भारतीय महावाणिज्य दुतावास बिरगंजमा सम्पन्न भई व्यापार व्यवसायमा सहजीकरणका लागि संघको प्रतिनिधी मण्डलको अग्रनी भुमीका रहेको थियो । त्यस्तै जिल्ला स्तरीय परामर्श कार्यशाला गोष्ठी जसमा गाँउपालीका,नगरपालीका वा विशेश संरक्षित वा स्वायत क्षेत्रको संख्या सीमाना केन्द्रको नामाकरण निर्धारन गर्नका लागि भएको कार्यक्रममा २०७३।०४।१० मा सहभागिता रहेको थियो । यस जिल्लाकोे उधमी व्यवसायीहरुलाई सेवा उपलब्ध गराउन जिल्लाको मध्य भागमा रहेको गरुडा बजार र चन्दनिह्रपुरका संघको उपशाखा रहेको चन्द्रनिगाहपुर नगरपालिकामा परिनत भई चन्द्रपुर नगर उधोग वाणिज्य संघको रुपमा विधिवत संचालन भैरहेको र गरुडा नगरपालिकाले नगर उधोग वाणिज्य संघको मान्यता पाउन क्रियाशिल रहेको छ ।

 

संघको वैधानिक स्वरुप

    
रौतहट उद्योग वाणिज्य संघ रौतहटको नामबाट जिल्ला प्रशासन कार्यालय रौतहटमा २०५९ साल माघ २४ गते दर्ता गरिएको ।

 

कार्यकारिणी समिति गठन प्रक्रिया

प्रत्यक्ष निर्वाचित ः अध्यक्ष १, 
सदस्य ः १८ जना 
शाखा संघबाट बढिमा ः २ जना सदस्य
मनोनित ः २ 
जम्मा बढिमा २३ जनाको

 
पदाधिकारी गठन
अध्यक्ष ः प्रत्यक्ष निर्वाचित १
अन्य पदाधिकारीहरुमा ः
निर्वाचित सदस्यहरु मध्येबाट ः
प्रथम उपाध्यक्ष १, द्वितिय उपाध्यक्ष १, महासचिव १, कोषाध्यक्ष १ सदस्यहरु मध्येबाट सचिव १
बांकी अन्य ः कार्यकारिणी सदस्य

 

यस संघको उद्देश्यहरु यस प्रकार छन


(१) यस रौतहट जिल्लाका उद्योगी व्यवसायीको हक हितको संरक्षण गरि उद्योग र वाणिज्य व्यवसायको बिकास गर्ने ।
(२) उद्योगी ब्यापारी रोजगार दाताको हक हित सुरक्षित गर्ने ।
(३) उद्योगी ब्यापारी वर्गमा एकता र मैत्रिपुर्ण सद्भावनाको वृद्धि गर्ने ।
(४) जिल्ला भित्रका विविध वस्तुगत ब्यवसाय प्रवर्धन गर्न र देश विकास कार्यक्रममा सरकारलाई सहयोग गर्ने ।
(५) नेपाल सरकार सँग सम्बन्ध र सम्पर्क सथापित गर्ने र देश बिकास कार्यक्रममा सरकारलाई सहयोग गर्ने ।
(६) जिल्ला रोजगार दाता परिषद लाई आवश्यक सहयोग गर्ने ।
(७) उद्योग व्यापार विदेश व्यापार सेवा औधोगिक सेवा बैँक सेवा पर्यटक सेवा र समुन्नीतीको लागि सहयोगी भई प्रोतसाहीत गर्ने ।
(८) राष्ट्रीय अन्तराष्ट्रिय उद्योग वाणिज्य संध संस्था वा विकाय संग मैत्रीपूर्ण सम्बन्ध र समन्वय स्थापीत गर्ने सदस्यता ग्रहण गर्ने वा प्रदान गर्ने, सहयोगको आदान प्रदान गर्ने आवश्यक्ता अनुसार सम्झौता गर्ने ।
(९) संघको गतिविधिको सम्बन्धमा पत्र पत्रिका प्रकाशन गर्ने,प्रवचन गोष्ठी आदी गराउने ।
(१०) उद्योग वाणिज्य र तत् सम्बन्धी हित र समुन्नतीको लागि नेपाल सरकार वा अन्य कानुनको     शंशोधन गर्न माग गर्ने ।
(११) उद्योग बाणिज्य क्षेत्रमा आई पर्ने विवादहरुको सामाधानार्थ मध्यसथता गर्ने ।
(१२) नेपाल उद्योग वाणिज्य महासंघको सदस्या ग्रशन गर्ने, यस संघको लागि चल अचल (घर जग्गा) सम्पतीको समभार गर्ने,तोकिए अनुसारको सेवा शुल्क उठाउने र कर्जा लिने ।
(१३) प्रचलित कानुन बमोजिम आर्थिक सहयोग चन्दा लिने चेक हुण्डी आदि खिच्न स्वीकार्य गर्ने ऋण दिने वा उठाउने सर्त कबुलीयत वा सम्झौता गर्ने गराउने ।
(१४) यस संघको सथायी सदलाई ओधोगीक वा व्यापारिक ज्ञान अनुभव हासिल गर्न गराउन स्वदेश वा बिदेशमा तालिम वा भ्रमण को लागि पठाउने, गोष्ठी सेमीनार गर्ने प्रमाण पत्र दिने ।

 

सदस्यताको वर्गिकरण र सदस्यता शुल्क


संघको हाल सम्म कूल साधारण सदस्य संख्या ३४०२ जना र आजिवन सदस्य संख्या ः १२८ जना 
(१) साधारण सदस्य(उद्योग)
(२) साधारण सदस्य (वाणिज्य)
(३) एशोसिएट सदसय 
(४) विशिष्ट सदस्य
(५) आजिवन सदसय
(६) वस्तुगत सदसय
(७) मानार्थ सदस्य

 

शुल्क


क) प्रवेश शुलक १,००।००
ख) साधारण सदस्यता शुलक १००।००
ग) साधारण सदस्यत नविकरण शुल्क ५००।००
घ) आजिवन सदस्यता शुल्क १०,०००।०
ङ) आजिवन सदसयता प्रवेश शुल्क २,००।०० 
च) वस्तुगत सदस्यत प्रवेश शुल्क २,००।०
छ) वस्तुगत सदसता शुल्क ५,०००।००
ज) बस्तुगत नविकरण शुल्क २,५००।००
झा) एशोसीएट सदस्यता प्रवेश शुल्क २,००।०
ञ)  एशोसीएट सदस्यता शुल्क ७,०००।००
ट) एसोसीएट सदस्यता नविकरण शुल्क ३,०००।००

 

रौतह उद्योग वाणिज्य संघका प्रमुख कार्यहरु

  • सरकार प्रदत्त कार्यहरु : दर्ता, नविकरण सिफारिस, उत्पती प्रमाण पत्र अन्य सिफारिस
  • व्यवसायीक सेवाहरु
  • तालिम तथा परामर्श सेवा
  • औद्योगिक व्यवापार मेला
  • सामाजिककार्य : खानेपानी, शान्ति सुरक्षा (जस्तै सि. सि. क्यामेरा जडान), खेलकुद, धार्मिक, संस्कृतिक, पर्यटन क्षेत्रमा विविध कार्यहरु गर्दै आएको ।